मच्छिन्द्र फुटबल क्लबले शनिबार तेस्रो इलाम गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । मच्छिन्द्रले फाइनलमा न्युरोड टिम (एनआरटी) लाई २–० ले हराउँदै उपाधि हात पारेको हो । जितसँगै मच्छिन्द्रले १० लाख र एनआरटीले पाँच लाख पाएका छन् ।
मच्छिन्द्रलाई च्याम्पियन बनाउने क्रममा सौरभ सुब्बा र मिलन चाम्लिङले समान एक गोल गरेका थिए । यसअघि पहिलो संस्करण बिर्तामोड युनाइटेड र दोस्रो संस्करणको उपाधि चर्च ब्वाइजले हात पारेका थिए ।
प्रतियोगितामा उत्कृष्ट गोलरक्षक मच्छिन्द्रका प्रदीप भण्डारी, उत्कृष्ट मिडफिल्डरमा युवराज ढकाल र मच्छिन्द्रकै मिलन चाम्लिङ सर्वाधिक गोलकर्ता बने । टोलीलाई उपाधि दिलाएका प्रवेश कटवाल उत्कृष्ट प्रशिक्षक बने । एनआरटीका आशिष गुरुङ उत्कृष्ट डिफेन्डर भए । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी मच्छिन्द्रका सनिस श्रेष्ठले ५१ हजार रुपैयाँ पाए ।