भानुआटुसँग नेपाल २२ रनले पराजित

शनिबार, १२ बैशाख, २०८३
डिजिटल संस्करण

नेपाली महिला टोली रुवान्डामा चलिरहेको आइसिसी महिला च्यालेन्ज ट्रफीमा भानुआटुसँग २२ रनले पराजित भयो । पहिलो ब्याटिङ गरेको भानुआटुले २० ओभरमा पाँच विकेट गुमाएर ९७ रनको झिनो योगफल बनाएको थियो । प्रत्युत्तरमा सहज लक्ष्य पछ्याएको नेपाल १५.३ ओभरमा ७५ रनमा अलआउट हुँदा २२ रनले पराजित भयो । प्रतियोगितामा नेपालको यो दोस्रो हार हो । यसअघि अमेरिकासँग पराजित भएको नेपालले इटाली र रुवान्डालाई हराएको थियो । 

नेपालकी ओपनर सम्झना खड्काले सर्वाधिक २४ रन बनाइन् । कप्तान इन्दु बर्माले १३ रन र कविता कुँवरले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालले राम्रो सुरुवात गरे पनि ब्याटिङमा फेरि संघर्ष गरेको देखियो । नेपाल यसपटक पनि पूरा ओभर खेल्न सकेन ।

इनिङ्सको एक समय नेपाल ४५–३ को बलियो अवस्थामा थियो । नेपालले त्यसपछि थप ३० रन जोड्दा बाँकी ६ विकेट गुमाएको थियो । भानुआटुका नासिमाना नभैकाले र भानेसा भिराले समान तीन विकेट लिएका थिए । सेलिना सोलमानले दुई विकेट हात पारिन् । भानुआटुकी भालेन्टाले सर्वाधिक ४२ रन बनाइन् । नेपालकी रिया शर्माले दुई विकेट लिइन् । 

See More On

सुझावित समाचार