नेपाल प्रहरीले सरकारले गर्न लागेको सुकुमवासी व्यवस्थापनमा सहयोग गर्न सबैसँग आग्रह गरेको छ ।
शुक्रबार सूचना जारी गर्दै सरकारले सुरु गरेको सुकुमवासी/भूमिहीन व्यवस्थापन प्रक्रिया भूमिहीनहरूको उज्ज्वल भविष्य, सुरक्षित बसोबास र सम्मानजनक जीवनयापन सुरक्षित गर्नका लागि सञ्चालन गरिएको महत्त्वपूर्ण पहल भएको जनाएको छ।
वास्तविक सुकुमवासी र भूमिहीनहरू पहिचान गरी न्यायोचित आवास तथा अधिकार प्रदान गर्न सरकारले कदम चालेको सूचनामा उल्लेख गरिएको छ ।
