जिआइएमा क्याच स्पाइसेसको सहभागिता

शुक्रबार, ११ बैशाख, २०८३
डिजिटल संस्करण

डिएस ग्रुपअन्तर्गतको लोकप्रिय ब्रान्ड क्याच स्पाइसेसले नेपालमा रिटेल तथा होरिका (होटेल, रेस्टुरेन्ट र क्याटरिङ) क्षेत्रमा आफ्नो उपस्थिति सुदृढ बनाउने रणनीतिक योजना घोषणा गरेको छ । भृकुटीमण्डपमा आयोजित जिएआइए फुड एन्ड बेभरेज एन्ड हस्पिटालिटीको ११औँ संस्करणमा यो घोषणा गरिएको हो । उक्त प्रदर्शनीमा क्याच स्पाइसेस डायमन्ड स्पोन्सरका रूपमा सहभागी छ । 

यो कदमलाई ब्रान्डले नेपालमा क्याच स्पाइसेसको विकासको अर्को चरणका रूपमा हेरेको छ । यसले वितरण सञ्जाल विस्तार गर्ने, बजारमा पहुँच बढाउने तथा रिटेल र फुड सर्भिस क्षेत्रका साझेदारसँग थप मजबुत सम्बन्ध निर्माण गर्ने लक्ष्य राखेको छ । 

क्याच स्पाइसेसले घरेलु उपभोक्ता र व्यावसायिक किचन दुवैका आवश्यकतासँग आफूलाई समायोजन गरिरहेको जनाएको छ । कार्यक्रममा क्याच स्पाइसेसले स्टल नं बी–१२४, १२५, ११९ र १२० मा आफ्ना विभिन्न मसला उत्पादन प्रदर्शन गर्दै गुणस्तर र इनोभेसन प्रस्तुत गरिरहेको जनाएको छ । डिएस ग्रुप, क्याच स्पाइसेसका बिजनेस हेड सन्दीप घोषले नेपालमा रणनीतिक विस्तारले कम्पनीको उपस्थितिलाई थप बलियो बनाउने लक्ष्य राखेको बताए । 
 

See More On

सुझावित समाचार