नेपाल टेलिकमले समर अफर सार्वजनिक गरेको छ । कम्पनीले अफरअन्तर्गत विभिन्न सुविधासहितका नयाँ भ्वाइस तथा डेटा प्याकेज ल्याएको छ । टेलिकमको प्रिपेड मोबाइलमा उपलब्ध २८ दिनको प्याकेजलाई सेवाग्राहीको सुविधालाई मध्यनजर गरी ३० दिनको बनाइएको छ । अब सबै प्याकेज ३० दिनका हुनेछन् । त्यसैगरी, भ्वाइस प्याकअन्तर्गत ३० दिनको प्याकेज अब सबै नेटवर्कमा कल गर्न सकिने (अल–नेट) सुविधासहित उपलब्ध हुने बताइएको छ ।
त्यसैगरी, विभिन्न डेटा तथा कम्बो प्याकेजलाई थप आकर्षक बनाइएको दाबी गरिएको छ । ९९९ को प्याकमा अनलिमिटेड अलनेट भ्वाइस प्याक, मासिक ती सय जिबी डेटा र ३०० अल–नेट एसएमएस सुविधा उपलब्ध हुनेछ ।
त्यसैगरी, ७९९ मा अनलिमिटेड अल–नेट भ्वाइस प्याक, मासिक १५० जिबी डेटा र २५० अल–नेट एसएमएस सुविधा उपलब्ध हुने कम्पनीले बताएको छ । यसबाहेक, डेटा प्याकअन्तर्गत ५४९ मा ४० जिबी र ९९९ मा १०० जिबी डेटा प्याक उपलब्ध हुनेछ । ५९९ मा दुई जिबी प्रतिदिन र ३४९ मा एक जिबी प्रतिदिन प्रयोग गर्न सकिने मासिक डेटा प्याक उपलब्ध हुने टेलिकमको भनाइ छ ।
टेलिकमका अनुसार अनलिमिटेड प्याकेजअन्तर्गत ग्राहकले २५ रुपैयाँमा एक घण्टासम्म चलाउन मिल्ने अनलिमिटेड भ्वाइस तथा डेटा प्याकेज उपलब्ध हुनेछ । ९९९ मा ३० दिनसम्म प्रतिदिन चलाउन मिल्ने पाँच एमबिपिएस डेटा प्याकेज प्राप्त गर्न सकिनेछ ।
भ्वाइस र डेटा प्याकेजमा अन्य विभिन्न आकर्षक प्याकेजसमेत खरिद गर्न सकिनेछ । त्यसैगरी, बन्डल्ड प्याक, एड अन प्याकेज, सियुजी प्याकेज, एसएमएस प्याक, एफटिटिएच प्याक पनि ग्राहकले प्राप्त गर्न सक्नेछ । यो समर अफर ११ वैशाखदेखि लागू हुनेछ ।