उदयपुरमा २७ किलो गाँजासहित एकजना पक्राउ

बिहिबार, १० बैशाख, २०८३
डिजिटल संस्करण

उदयपुरको बेलका नगरपालिका– ७, कोठुबाट २७ किलो गाँजासहित एकजना पक्राउ परेका छन्।

सवारीसाधन चेकजाँच गर्ने क्रममा अटोमा ल्याउँदै गरेको २७ किलोग्राम गाँजासहित चालक सोही स्थानका अशोक राईलाई बिहीबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी निरञ्जन थापाले जानकारी दिए।

उनले भने, ‘पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा राखी थप अनुसन्धान भइरहेको छ।’

यसअघि बुधबार राति बेलका नगरपालिका– १, आम्बासीस्थित रुपनगर–चतारा सडकखण्डमा लागुऔषधसहित दुईजना पक्राउ परेका थिए।

सप्तरीको फत्तेपुरबाट पैँतालीस चोकतर्फ आउँदै गरेका सवारीसाधनहरू चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार चालक आर्जु राई र पछाडि सवार श्यामकुमार कार्कीको साथबाट १५५ मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित पक्राउ गरिएको हो।

सुझावित समाचार