नेप्सेको ओरालो यात्रा कायमै

बिहिबार, १० बैशाख, २०८३
डिजिटल संस्करण

सेयर बजारको ओरालो यात्राले बिहीबार पनि निरन्तरता पाएको छ। आज नेप्से १७.०१ अंकले घटेर दुई हजार ७८७.१५ विन्दुमा कायम भएको छ।

आज कारोबार रकममा पनि गिरावट आएको छ। बुधबार साढे सात अर्बभन्दा बढीको सेयर कारोबार भएकोमा आज पाँच अर्ब नौ करोड ५९ लाख रुपैयाँमा झरेको छ। ३४८ कम्पनीका एक करोड १३ लाख ७५ हजार कित्ता सेयर खरिद बिक्री भएको छ।

नेप्सेका १३ समूहमध्ये उत्पादन तथा प्रशोधन, म्युचल फन्ड र व्यापार समूहबाहेक सबै समूह घटेका छन्। बढेका कम्पनीको वृद्धि एक प्रतिशतभन्दा कम छ। सबैभन्दा धेरै गिरावट वित्त, होटेल तथा प्रशोधन, जलविद्युत् र निर्जीवन बिमामा देखिएको छ। यी कम्पनी एक प्रतिशतभन्दा धेरैले घटेका हुन्।

घटेको बजारमा पाल्पा सिमेन्ट र शिखर पावरको मूल्यमा सकारात्मक सर्किट लाग्दा सूर्यकुण्ड हाइड्रोका लगानीकर्ता सर्वाधिक गुमाउनेमा छन्। यो कम्पनी ११.७९ प्रतिशतले घटेको छ।

सुझावित समाचार