विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

बिहिबार, १० बैशाख, २०८३
डिजिटल संस्करण

सरकारले सरकारी कार्यालयहरूमा अनिवार्य रूपमा विद्युतीय हाजिरी गर्न निर्देशन दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार मन्त्रालय, विभाग, कार्यालय, निकाय र स्थानीय तहहरूलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो।

‘तहाँ कार्यालयहरूमा कार्यरत कर्मचारीहरूको उपस्थितिको अभिलेखीकरणका लागि विद्युतीय हाजिरी प्रणाली अनिवार्य कार्यान्वयन गर्नु–गराउनुहुन अनुरोध छ,’ पत्रमा भनिएको छ।

मन्त्रालयले प्रत्येक १५ दिनको हाजिरी विवरण प्रिन्ट गरी, प्रमाणित गरी सो अभिलेख कार्यालयमा सुरक्षित राख्नसमेत निर्देश गरेको छ।

सुझावित समाचार