साफ महिला च्याम्पियनसिप : नेपालको प्रारम्भिक टोलीको घोषणा

बुधबार, ९ बैशाख, २०८३
डिजिटल संस्करण

अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार साफ महिला च्याम्पियनसिप २०२६ का लागि प्रारम्भिक ३५ सदस्यीय टोली घोषणा गरेको छ । प्रशिक्षक नवीन न्यौपानेको प्रशिक्षणमा रहेको महिला टोलीको बन्द प्रशिक्षण एन्फा कम्प्लेक्समा सुरु हुनेछ । भारतमा साफ महिला फ्टुबल आगमी २५ मेदेखि ७ जुनसम्म फतोर्डा स्टेडियममा आयोजना हुनेछ । नेपाली टोलीको क्लोज क्याम्पमा आगामी २७ अप्रिलबाट सुरु हुनेछ । साफ च्याम्पियनसिपमा नेपाल सधैँ उपविजेतामा सीमित रहँदै आएको छ ।

मुख्य प्रशिक्षक न्यौपानेले यसपटक उपाधि जित्ने लक्ष्यका साथ टोली चयन हुने जनाएका छन् । यसअघि राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई तीन महिनाको निलम्बन गरेपछि नेपालको सहभागिता अन्योलमा परेको थियो । साफ च्याम्पियनसिप सुरु हुनुअघि नै एन्फा निलम्बन सकिनेछ ।

प्रारम्भिक टोली 
अञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, अनिता बस्नेत, अनिता लाम्जेल, अनिता केसी, अस्मिता नेपाली, वर्षा ओली, विमला विक, विमला चौधरी, विर्सना चौधरी, दीपा शाही, गीता राना, हीरा भुजेल, जेनिफर राना, मनमाया दमाईं, मीना देउवा, नेहाकुमारी चौधरी, निशा थोकर, पुनम चेम्जोङ, प्रतीक्षा चौधरी, प्रीति राई, पूजा राना, पूर्णिमा राई, रश्मिकुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटी, सविना चौधरी, सजनी ठोकर, समीक्षा घिमिरे, सरस्वती हमाल, सरु लिम्बू, सिलु परियार, सुक्रिया मियाँ, सुशीला कुमारी, उषा नाथ ।

सुझावित समाचार