मंगलबारको मन्त्रिपरिषद् बैठकले के के निर्णय गर्‍यो ?

मंगलबार, ८ बैशाख, २०८३
डिजिटल संस्करण

मंगलबारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकका पाँच निर्णयहरू सार्वजनिक भएका छन्।

सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा नियुक्ति दिनुका साथै विभिन्न तीन विधेयक संसदमा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ।

हेर्नुहोस् बैठकका निर्णय :
१. नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव डाक्टर घनश्याम उपाध्याय र भुवनकुमार दाहाल सदस्य रहने गरी सिफारिस समिति गठन गर्ने।

२. नेपाल विशेष सेवा ऐन, २०८२ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिने।

३. प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन ,२०७४ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिने।

४. मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिने।

५. समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष पदमा डिल्लीराज आचार्य, प्युठान र सदस्य पदमा नवराज सिंखडा धादिङ एवं रोशनबहादुर शाक्य ललितपुरलाई नियुक्ति र मनोनयन गर्ने।

सुझावित समाचार