प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारी तथा कर्मचारीहरूसँग महत्त्वपूर्ण छलफल गरिरहेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकमा सरकारका राष्ट्रिय प्राथमिकता, सम्बन्धित निकायहरूको जिम्मेवारी, साथै कार्यक्रम र बजेटका विषयमा विस्तृत विचार–विमर्श भइरहेको छ।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार छलफलका क्रममा यी निकायहरूले कार्यसम्पादन गर्दा सामना गर्नुपरेका चुनौतीहरू र सुधारका लागि आवश्यक प्रमुख सुझावहरूबारे पनि गहन छलफल भइरहेको छ।