चालू आवको नौ महिनामा २० वाणिज्य बैंकको कर्जा प्रवाह दुई खर्ब ७६ अर्ब ३९ करोड रुपैयाँले बढेको छ । गत असारसम्म वाणिज्य बैंकको कर्जा प्रवाह ४९ खर्ब ७४ अर्ब ५५ करोड रुपैयाँ थियो ।
चैत मसान्तसम्म आउँदा त्यो ५२ खर्ब ५० अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । यसैगरी, निर्देशित कर्जाको सीमा पुर्याउन पनि बैंकहरूले लक्षित क्षेत्रमा छोटो अवधिको ऋण दिएर असुल गर्ने प्रवृत्ति पनि रहेको एक बैंकरले बताए ।