विमानस्थलको महँगो पार्किङ शुल्क पुनरावलोकन गरिने

मंगलबार, ८ बैशाख, २०८३
डिजिटल संस्करण

देशभरका अन्तर्राष्ट्रिय तथा अन्तरिक विमानस्थलमा रहेका सवारीसाधन पार्किङ शुल्क पुनरावलोकन हुने भएको छ । विमानस्थलमा पाकिङ शुल्क अत्यधिक महँगो भएको यात्रु तथा हवाई सेवा कम्पनीका कर्मचारीले गुनासो गरेपछि त्यसलाई पुनरावलोकन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पाँच सदस्सीय समिति गठन गरेको हो । प्राधिकरणका निमित्त उपमहानिर्देशक विनोदप्रसाद न्यौपानेको संयोजकत्वमा गठिन समितिले तीन दिनभित्र शुल्क पुनरावलोकनको प्रतिवेदन बुझाउनुपर्नेछ । 

नेपालको सबैभन्दा व्यस्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ शुल्क अत्यधिक महँगो भएको आमगुनासो छ । त्रिभुवन विमानस्थलमा मोटरसाइकल तथा स्कुटर पार्किङ गरेको प्रतिघण्टा ४० र कार, जिप, भ्यान पार्किङको ८० रुपैयाँ लिने गरिएको छ ।

See More On

सुझावित समाचार