युएईविरुद्धकाे पहिलो टी–२० आईमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर कप्तानी दीपेन्द्रसिंह ऐरीले पहिले ब्याटिङ रोजेका हुन्।
नेपाल र युएईबिच अहिलेसम्म टी–२० आईमा ११ पटक भिडन्त भएको छ। जसमा नेपालले ६ तथा युएईले ५ खेलमा जित निकालेका छन्।