एनसेलले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका विद्यार्थीका लागि ‘पहिलो सिम’ अफर सञ्चालनमा ल्याएको छ । यो अफरमा विद्यार्थीले करसहित मात्र ५० मा एनसेलको प्रिपेड सिम लिन सक्नेछन् । साथै, विभिन्न आकर्षक बन्डल सेवाको फाइदा पनि प्राप्त गर्नेछन् ।
विद्यार्थीले ‘पहिलो सिम’ लिँदा आफ्नो रोजाइअनुसार एनसेल मोबाइल नम्बर छनोट गर्न पनि सक्छन् । यो पहिलो सिममा दुई जिबी डेटा, सबै नेटवर्कमा कल गर्न मिल्ने ५० मिनेटको टक टाइमका साथै ‘मेरो स्कुल’ र गेमिङ प्रिमियर लिग (जिपिएल)मा २८ दिनका लागि निःशुल्क पहुँच हुनेछ । मेरो स्कुल एक डिजिटल लर्निङ प्लाटफर्म हो, जहाँ अनलाइन सिकाइका लागि पाठ्यक्रममा थुप्रै भिडिओ सामग्री उपलब्ध हुनेछन् । त्यसैगरी, जिपिएल एक गेमिङ पोर्टल हो, जहाँ एचटिएमएलमा आधारित विभिन्न खेलहरूको मज्जा लिन सकिने बताइएको छ । पहिलो सिम प्रयोगकर्ताले डिजिटल वालेट खल्ती प्रयोग गर्दा कुनै डेटा शुल्क लाग्नेछैन । साथै, यो सिम लिएका ग्राहकले ५० वा सोभन्दा बढीको रिचार्ज गर्दा सात दिनसम्म मान्य हुने र पाँच सय एमबी बोनस डेटासमेत पाउने कम्पनीले जनाएको छ ।
विद्यार्थीले देशभरका जुनसुकै एनसेल सेन्टरबाट सजिलै यो सिम लिन सक्नेछन् । सिम लिन आफ्नो एसइईको प्रवेशपत्र र अभिभावकको नागरिकताको फोटोकपीसहित नजिकको एनसेल सेन्टरमा जानुपर्ने हुन्छ । आवश्यक प्रमाणीकरणपछि उनीहरूको सिम सक्रिय हुने बताइएको छ । एनसेलले एसइईका विद्यार्थीका लागि सुलभ दरमा दूरसञ्चार सेवा उपलब्ध गराउने उद्देश्यसहित आफ्नो लोकप्रिय ‘पहिलो सिम’ अफरलाई यो वर्ष पनि निरन्तरता दिएको जनाएको छ । यो सिमले विद्यार्थीलाई आफ्ना साथीभाइ, परिवारसँग सधैँ सम्पर्कमा रहेर बाहिरी संसारसँग जोडिइरहन महŒवपूर्ण भूमिका खेल्ने विश्वास कम्पनीले लिएको छ ।