भान्सीलाई दोहोरो उपाधि

सोमबार, ७ बैशाख, २०८३
डिजिटल संस्करण

भान्सी राजभण्डारीले पाँचौँ मनुश्री राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताअन्तर्गत यू–८ र यू–९ महिला विधामा उपाधि हात पारेकी छिन् । कास्की जिल्ला टेनिस संघको आयोजना भएको प्रतियोगिताको आइतबार भएका दुईवटा फाइनलमा भान्सीले दोहोरो उपाधि हात पारेकी हुन् । पुरुष यू–८ मा सर्वत्र खत्रीले फाइनलमा सुविज्ञराज बुढाथोकीलाई हराए ।

प्रतियोगिताअन्तर्गत यू–१६ महिलातर्फ ऐरा खत्री र शोरा थापा फाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनलमा ऐराले शाल्भी शेरचनलाई ६–१, २–६ र ६–० ले हराइन् । शोराले आरुषी तुलाचनलाई ६–० र ६–० को सेटमा हराउँदै अन्तिम दुईमा स्थान पक्का गरिन् । यसैगरी, यू–१८ पुरुषतर्फ दर्शिल श्रेष्ठ र शाश्वत बज्राचार्य उपाधिका लागि भिड्नेछन् । सेमिफाइनलमा दर्शिलले स्पन्दन उदासलाई ६–० र ६–१ को सोझो सेटमा हराए । 

शाश्वतले सुरेन्द्र विकलाई ६–० र ६–० ले निराश बनाए । राउन्ड रोबिनको आधारमा चलिरहेको प्रतियोगिता ८ वैशाखसम्म चल्नेछ । प्रतियोगितामा आठदेखि १८ वर्षमुनिका पुरुष र महिला सिंगलसँगै अन्य विधा रहेको संयोजक लोकबहादुर गुरुङले जानकारी दिए । कास्कीका १५ सहित काठमाडौं, चितवन, बुटवललगायत देशका विभिन्न सहरका गरी ९० जना खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । 

See More On

सुझावित समाचार