लुम्बिनी प्रदेश सभा बैठक : पेट्रोलियम पदार्थदेखि भन्सारसम्मका विषय उठे

आइतबार, ६ बैशाख, २०८३
डिजिटल संस्करण

लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशनअन्तर्गत १२औँ बैठक जारी  छ । बैठकको सुरुवातमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा आफ्नो धारणा राख्ने क्रम चलिरहेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिदेखि भन्सारमा गरिएको कडाइका विषयमा  उनीहरूले कुरा उठाएका छन् ।

यस्तै, उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालनसम्बन्धी विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी, प्रदेश मामिला तथा कानुन समिति सभापति दिलकुमारी बुढाले समितिको वार्षिक प्रतिवेदन सभामा पेस गर्ने कार्यसूची पनि रहेको हो ।

सुझावित समाचार