वीरगन्जमा मुख्य सडक विस्तारको काम बिहानैदेखि सुरु (तस्बिरहरू)

आइतबार, ६ बैशाख, २०८३
डिजिटल संस्करण

वीरगन्जमा मुख्य सडक विस्तारको काम आइतबार बिहानैदेखि सुरु भएको छ । सडक डिभिजन कार्यालय हेटौँडाका अनुसार त्रिभुवन राजपथअन्तर्गत पर्ने गण्डक चोकदेखि मितेरी पुलसम्मको सडक २५–२५ मिटर दायाँ–बायाँ विस्तार सुरु भएको पर्साका प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद दाहालले जानकारी दिए ।

दाहालका अनुसार सडकको मध्य भागबाट २५ मिटर क्षेत्रभित्र पर्ने घर, टहरा तथा अन्य संरचना हटाउने काम आज बिहानदेखि थालिएको छ । त्यसका लागि हेटौँडाबाट डोजर, जेसिबी र एक्स्काभेटरसहित नाैवटा उपकरण खटिएको उनले बताए ।

सर्वोच्च अदालतले २०८१ फागुन २८ गते उक्त सडक विस्तारसम्बन्धी मुद्दामा सरकारको पक्षमा फैसला गर्दै विपक्षीको रिट खारेज गरेपछि परियोजना अघि बढ्ने बाटो खुलेको हो ।

सुझावित समाचार