अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको अवस्थाबारे कडा चेतावनी दिएका छन्। उनले आगामी बुधबारसम्म कुनै महत्वपूर्ण सम्झौता हुन नसके युद्धविराम अवधि नबढाइने र पुनः बमबारी सुरु हुन सक्ने बताएका छन्।
शनिबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले युद्धविराम थप्ने सम्भावना कम रहेको संकेत दिए। ‘सायद म यो भन्दा अगाडि बढाउने छैन,’ उनले भने, ‘नाकाबन्दी भने जारी रहन्छ। दुर्भाग्यवश, हामी फेरि बमबारी सुरु गर्नुपर्ने अवस्था आउन सक्छ।’
यद्यपि उनले पछिल्ला दिनहरूमा केही सकारात्मक संकेतहरू देखिएको उल्लेख गरे। उनका अनुसार मध्यपूर्वमा इरानसँगको सम्बन्ध सुधार हुने सम्भावना पनि देखिन थालेको छ।