आइसिसी महिला च्यालेन्ज ट्रफी क्रिकेट प्रतियोगिता शनिबारदेखि रुवान्डामा सुरु हुँदै छ । १ मेसम्म चल्ने च्यालेन्ज ट्रफीमा नेपालसहित पाँच टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
जसमा नेपाल, इटाली, रुवान्डा, अमेरिका र भानुआटु छन् । सबै टोलीले एक–अर्काविरुद्ध दुईपटक खेल्नेछन् । नेपालले १८ अप्रिलमा अमेरिकाविरुद्ध पहिलो खेल खेल्नेछ । नेपालले १ मेमा इटालीविरुद्ध अन्तिम खेलमा प्रतिस्पर्धा गर्ने क्यानले जनाएको छ । नेपाली टोलीको कप्तानी इन्दु बर्मा र पूजा महतोले उपकप्तानी गर्नेछन् ।