सामसङले सार्वजनिक गर्‍यो ग्यालेक्सी ए ५७ र ग्यालेक्सी ए ३७ फाइभजी

शुक्रबार, ४ बैशाख, २०८३
डिजिटल संस्करण

सामसङ नेपालले ग्यालेक्सी ए ५७ फाइभजी र ग्यालेक्सी ए ३७ फाइभजी सार्वजनिक गरेको छ । यो फोनले ग्यालेक्सी ‘ए’ सिरिजलाई थप विस्तार गर्दै उन्नत क्यामेरा प्रदर्शन, स्मार्ट फिचर र आकर्षक डिजाइनमार्फत दैनिक प्रयोगलाई सहज बनाउने उद्देश्य राखेको छ ।

सामसङले पहिलेको १२ महिनाको इएमआई योजनालाई अपग्रेड गर्दै २४ महिनासम्मको इएमआई सुविधा उपलब्ध गराएको छ, जसले प्रिमियम प्रविधिलाई अझ सजिलो र पहुँचयोग्य बनाएको छ । 

यो सुविधा सामसङ इन्स्टा फाइनान्स सेवाअन्तर्गत हुलास फिन सर्भ हायर पर्चेज लिमिटेडमार्फत उपलब्ध रहेको कम्पनीले जनाएको छ । प्रक्रिया झन्झटररहित छ, केवल नागरिकता भए पुग्छ ।

नयाँ ग्यालेक्सी ‘ए’ सिरिजमा सामसङको नवीनतम प्रविधि समावेश गरिएको छ, जसमा  परिष्कृत अद्भूत बुद्धि रहेको छ, जसले स्मार्ट अन्तरक्रिया, प्रडक्टिभिटी र कन्टेन्ट सिर्जनालाई सजिलो बनाउने कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । क्यामेरा, प्रदर्शन, डिस्प्ले र सुरक्षा क्षेत्रमा सुधारसहित ग्यालेक्सी ए ५७ फाइभजी र ग्यालेक्सी ए ३७ फाइभजी दैनिक प्रयोगका लागि भरपर्दो प्रदर्शन दिन सक्षम रहेको कम्पनीको दाबी छ ।

यसअन्तर्गत भ्वाइस ट्रान्सक्रिप्सनले रेकर्डिङ, कल र भ्वाइस मेललाई टेक्स्टमा रूपान्तरण गर्न सहयोग गर्नेछ । त्यस्तै, एआई सेलेक्टले स्क्रिनमा देखिएका वस्तु वा सामग्रीलाई सजिलै चयन र प्रयोग गर्न मद्दत गर्ने कम्पनीले जनाएको छ । 

फोटो र भिडियो सम्पादनलाई अझ सहज बनाउन अब्जेक्ट इरेजर, फिल्टर्स र एडिट सजेसन्सजस्ता टुलहरू पनि समावेश गरिएको छ । विशेषगरी ग्यालेक्सी ए ५७ फाइभजीमा बेस्ट फेस र अटो ट्रिमजस्ता अतिरिक्त सुविधा भएको र यसले तस्बिर र भिडियोलाई अझ राम्रो बनाउन सहयोग गर्ने जनाएको छ ।

See More On

सुझावित समाचार