नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि गठन गरिएको समितिले आज छलफल गर्ने भएको छ ।
दिउँसो ३ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा छलफल गर्न लागेको हो । कांग्रेसका सबै सांसदहरूलाई छलफलमा सहभागी हुन अनुरोध गरिएको समितिका संयोजक प्रकाश स्नेहीले जानकारी दिए ।