आज आमाको मुख हेर्ने दिन : मातातीर्थ कुण्डमा भक्तजनको भिड (तस्बिरहरू)

शुक्रबार, ४ बैशाख, २०८३
डिजिटल संस्करण

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । आमाको मुख हेर्ने पर्वको रूपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदै छ । वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा खुवाएर आशीर्वाद लिने चलन छ । आमा नभएकाहरू भने आमाको श्राद्ध गरी आमाको स्मरण गर्दछन् । यसो गरेमा मातृऋणबाट मुक्ति मिल्ने शास्त्रीय मान्यता छ ।

आज बिहानैदेखि दिवंगत आमाको सम्झनामा चन्द्रागिरि नगरपालिका– ६, मातातीर्थ कुण्डमा मेला लागेको छ । आमा नहुने नरनारीहरू उक्त कुण्डमा स्नान तथा हरिहर (विष्णु र शिव)को दर्शन र पूजाअर्चना गर्छन् । मातातीर्थ कुण्डमा स्नान गरेमा मातृऋणबाट मुक्त हुने जनविश्वास छ । अहिले काठमाडौंको चन्द्रागिरिस्थित मातातीर्थ कुण्डमा स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको भिड लागेको छ ।

सुझावित समाचार