नेप्सेसँगै सबै समूहको सूचकमा गिरावट

बिहिबार, ३ बैशाख, २०८३
डिजिटल संस्करण

बिहीबार सेयर बजारका सबै सूचकहरूमा गिरावट आएको छ। बुधबार ३३ अंकले घटेको नेप्से लगत्तै भोलिपल्ट ३३.८३ अंकले घटेर दुई हजार ८३३.०३ विन्दुमा कायम भएको हो।

आज दुई करोड सात लाख ४३ हजार कित्ता सेयर नौ अर्ब ३१ करोड २८ लाख ६० हजार रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ। अघिल्लो दिनको तुलनामा आज कारोबार रकममा पनि सामान्य गिरावट आएको छ। बुधबार सवा १० अर्बभन्दा बढीको सेयर कारोबार भएको थियो।

बिहीबार नेप्सेका १३ वटै समूहको सूचकमा गिरावट देखिएको छ। व्यापार, अन्य, निर्जीवन बिमा, उत्पादन तथा प्रशोधन, लगानी, जलविद्युत्, वित्त र विकास बैंक एक प्रतिशतभन्दा धेरैले घट्दा बाँकी समूह एक प्रतिशतभन्दा कमले घटेका हुन्।

बजार घटे पनि पाँच कम्पनीका लगानीकर्ता सर्वाधिक कमाउने सूचको शीर्ष स्थानमा छन्। रिद्गे लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो, होटेल फरेस्ट इन, पाल्पा सिमेन्ट र शिखर पावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।

सर्वाधिक घटेका सिन्धु विकास बैंक, भूगोल इनर्जी र भुजुङ हाइड्रोका लगानीकर्ताले ९.४७ देखि ७.३९ प्रतिशतसम्म गुमाएका छन्।

सुझावित समाचार