एनसेल प्रयोगकर्ताले हिमालयन जाभा कफिसपमा छुट पाउने भएका छन् । एनसेल र हिमालयन जाभा कफीबिचको सहकार्यमा नयाँ वर्ष ०८३ देखि सुरु भएको विशेष अफरमा एनसेलका ग्राहकले देशभरका सबै हिमालयन जाभा कफी आउटलेटमा प्रिमियम कफी, पेय पदार्थ र खानेकुरामा विशेष छुट पाउने भएका हुन् ।
यो साझेदारीले ग्राहकको भेटघाट, बैठक र जमघटलाई थप रमाइलो र अर्थपूर्ण बनाउने बताइएको छ । ४९९ वा सोभन्दा माथिका योग्य प्याक प्रयोग गर्ने सबै ग्राहकले एक कप कफी खरिद गर्दा अर्को एक कप निःशुल्क प्राप्त गर्नेछन् । साथै, तेस्रो कप कफी खरिदमा ३० प्रतिशत छुट हुनेछ ।
त्यसैगरी, २५ वर्ष वा सोभन्दा कम उमेरका युवा तथा एनसेल प्रयोग गर्ने पर्यटकले ९९ वा सोभन्दा माथिको प्याक प्रयोग गर्दा सबै किसिमका खानेकुरा तथा पेय पदार्थमा २० प्रतिशत छुट पाउनेछन् । यसबाहेक ९९ वा सोभन्दा माथिको प्याक चलाउँदै गरेका वा रेन्टल प्लानमा सक्रिय सबै एनसेल प्रयोगकर्तालाई हिमालयन जाभाका खानेकुरा तथा पेय पदार्थहरूमा १० प्रतिशत छुट हुने बताइएको छ ।
‘हिमालयन जाभा कफीसँगको यो साझेदारीमार्फत हामीले हाम्रा ग्राहकलाई व्यस्त दैनिकीबाट केही समय निकाल्न, एकअर्कासँग जोडिन अनि जीवनका ससाना खुसी साट्न थप कारण दिइरहेका छौँ,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले भने, ‘यो अफरले कफीको हरेक कपलाई अझ अर्थपूर्ण बनाउँछ ।’
छुट प्राप्त गर्नका लागि ग्राहकले एनसेल एपमा गएर ‘पार्टनर्ड सर्भिसेस’भित्र रहेको ‘हिमालयन जाभा कफी’ छानेर छुट अफरबारे थाहा पाउन सक्नेछन् । एउटा बिलमा एउटा मात्र छुट लागू हुने बताइएको छ ।