सन् १८५३ : भारतमा पहिलो यात्रुवाहक रेल बम्बईको बोरीदेखि थानेसम्म ३४ किमि ट्रयाकमा चल्यो ।
इसापूर्व १४५७ : स्पष्ट ऐतिहासिक प्रमाण भएको विश्वको सबैभन्दा पुरानो मेगिद्दोको युद्ध यसै दिन सुरु भएको थियो । युद्धमा फारोहा थुटमोस तृतीय नेतृत्वको इजिप्टेली फौजले कनाइट गठनबन्धलाई हरायो ।
सन् १७०५ : इंग्ल्यान्डकी महारानी एनले क्याम्ब्रिज विश्वविद्यालयमा एक समारोहबिच चर्चित वैज्ञानिक आइज्याक न्युटनलाई देशको सबैभन्दा ठुलो सम्मान ‘नाइटहुड’ले सम्मानित गरिन् ।
सन् १८८९ : विश्वचर्चित फिल्म अभिनेता तथा निर्देशक चार्ली च्यापलिन यसै दिन जन्मिएका थिए ।
सन् १९१२ : हेरियट क्विम्बाई बेलायत र युरोपबिच रहेका समुद्री भाग ‘इंग्लिस च्यानल’ उडेर पार गर्ने पहिलो महिला पाइलट बनिन् ।
सन् १९१७ : रुसमा भएको फेब्रुअरी क्रान्तिमा राजतन्त्र फालिएको खबर पाएलगत्तै लेनिन लामो स्विट्जरल्यान्ड निर्वासनबाट देश फर्किए । रुसमा उनले सोही वर्ष अक्टोबरमा भएको समाजवादी क्रान्तिमा नेतृत्वदायी भूमिका खेले र सोभियत संघको जग बसाए ।
सन् २०२४ : संयुक्त अरब एमिरेट (युएई)मा ७५ वर्षयताकै ठुलो वर्षा भयो ।