बहुप्रतिक्षित पोको एक्स–८ सिरिज सार्वजनिक गरिएको छ । पोकोको आधिकारिक विक्रेता टेलिकमले दुई नयाँ स्मार्टफोन पोको एक्स–८ प्रो फाइभ–जी र पोको एक्स–८ प्रो म्याक्स फाइभ–जी बजारमा ल्याएको हो ।
कम्पनीका अनुसार, पोको एक्स–८ प्रोमा फ्ल्याग्सिपस्तरको डाइमेनसिटी ८५००–अल्ट्रा प्रोसेसर जडान गरिएको छ, जसले उच्च प्रदर्शनसँगै ऊर्जा दक्षता पनि प्रदान गर्ने कम्पनीको दाबी छ । क्यामेरातर्फ, ५० मेगापिक्सेल मुख्य क्यामेरा, आठ मेगापिक्सेल अल्ट्रावाइड र २० मेगापिक्सेल फ्रन्ट क्यामेरा जडान गरिएको कम्पनीले जनाएको छ ।
त्यस्तै, पोको एक्स–८ प्रो म्याक्समा अझ शक्तिशाली डाइमेनसिटी ९५०० एस चिपसेट प्रयोग गरिएको छ । टेलिटकका कार्यकारी निर्देशक प्रतीक जालानले पोको एक्स–८ सिरिज केवल गेमिङका लागि मात्र नभई समग्र उत्कृष्ट अनुभव खोज्ने प्रयोगकर्ताका लागि डिजाइन गरिएको बताए । उनका अनुसार यसमा उच्चस्तरीय प्रोसेसिङ पावर, आकर्षक डिस्प्ले, टिकाउ डिजाइन र हाइपर एआई प्रविधिको संयोजन छ ।
कम्पनीले पोको एक्स–८ मोडेल ८/२५६ भेरियन्टको मूल्य ६३ हजार ९९९ र १२/५१२ को ७३ हजार ९९९ रुपैयाँ तोकेको छ । यस्तै, एक्स–८ प्रोम्याक्सको १२/२५६ को मूल्य ७९ हजार ९९९ र १२/५१२को ८९ हजार ९९९ निर्धारण गरिएको छ ।