सूर्य नेपाल एनपिजिए आजदेखि

बुधबार, २ बैशाख, २०८३
डिजिटल संस्करण

सूर्य नेपाल गल्फ टुरअन्तर्गतको छैटौँ प्रतियोगिता सूर्य नेपाल एनपिजिए म्याच प्ले बुधबारदेखि रोयल नेपाल गल्फ क्लबमा सुरु हुँदै छ । तीन दिनसम्म चल्ने यस प्रतियोगिता १५ देखि १७ अप्रिलसम्म हुनेछ । सिजन २०२४–२५ को अर्डर अफ मेरिटका शीर्ष १६ खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् ।

पहिलो चरणमा शीर्ष वरीयताका नीरज तामाङले सूर्यप्रसाद शर्मासँग प्रतिस्पर्धा गर्नेछन् । दोस्रो वरीयताका भुवन नगरकोटीले कृष्णमान राजबहाकसँग खेल्नेछन् । तेस्रो वरीयताका दिनेश प्रजापतिले बलभद्र राईसँग प्रतिस्पर्धा गर्नेछन् ।

चौथो वरीयताका सञ्जय लामाले रमेश अधिकारीसँग खेल्नेछन् । पाँचौँ वरीयताका जयराम श्रेष्ठले प्रदीपकुमार लामाको सामना गर्नेछन् । 

See More On

सुझावित समाचार