पिउने पानीको बोतल र जारको लेबलिङमा नयाँ मापदण्ड

बुधबार, २ बैशाख, २०८३
डिजिटल संस्करण

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पिउने पानीको बोतल र जारको लेबलिङमा नयाँ व्यवस्था गरेको छ । सरोकारवालासँग छलफल गरेर विभागले कार्यान्वयनका लागि ६० दिनको समय तोकेर नयाँ मापदण्ड लगाएको हो ।

बजारमा उपलब्ध पिउने पानी (बोतल तथा जार)को गुणस्तर सुनिश्चित गर्न र वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यले विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वातावरण विभाग तथा नेपाल बोटल वाटर उद्योग महासंघ र नेपाल पानी उद्योग महासंघको बैठकको निर्णयअनुसार बोतल र जारमा उत्पादकको पहिचान खुल्ने गरी एम्बुसिङ, स्क्रिन प्रिन्ट वा लेजर प्रिन्ट अनिवार्य रूपमा गर्नुपर्नेलगायत मापदण्ड लागू गरिने भएको हो । 

अब पानीको बोतलको बिर्को (क्याप) सिल गरिसकेपछि त्यसको माथि थप प्लास्टिकको ‘नेक–सिल’ वा बाह्य प्लास्टिक लेयरको प्रयोगलाई पूर्णत निषेध गर्ने, सोको सट्टामा बोतलको बिर्कोमा उत्पादकको पहिचानका लागि एम्बुसिङ, स्क्रिन प्रिन्ट वा लेजर प्रिन्ट अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था गरिएको छ ।

बोतलको बिर्कोमा एम्बुसिङ, स्क्रिन प्रिन्ट वा लेजर प्रिन्टको व्यवस्था पूर्ण रूपमा लागू गर्न उद्योगीहरूलाई सूचना जारी भएको मितिले ३५ दिनको समयावधि तोकिएको विभागले जनाएको छ ।

सुझावित समाचार