प्रधानमन्त्री बालेन्द्र शाहज्यूले सबै पार्टीको तर्फबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूसँग बुधबार अन्तर्क्रिया गर्ने भएका छन्। मध्याह्न १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा अन्तर्क्रिया हुन लागेको हो ।
कार्यक्रममा सांसदज्यूहरूले आ–आफ्ना क्लस्टरका समस्या, चुनौती तथा समाधानका उपायबारे प्रत्यक्ष रूपमा धारणा प्रस्तुत गर्नेछन्। यस अन्तर्क्रियामार्फत जनप्रतिनिधि र कार्यपालिकाबिच प्रत्यक्ष संवाद स्थापित गरी नीति निर्माण तथा कार्यान्वयनलाई थप प्रभावकारी बनाउने उद्देश्य राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
यसअघि उनले प्रदेशगत रूपमा प्रत्यक्षतर्फ निर्वाचित सांसदहरुसँग छलफल गरेका थिए।