गृहमन्त्री सुधन गुरुङले नारायणगढ-बुटवल सडकखण्डको अनुगमन गरेका छन् ।
अनुगमनका क्रममा उनले सम्बन्धित निकाय र ठेकेदार कम्पनीलाई निर्धारित समयसीमाभित्रै काम सम्पन्न गर्न निर्देशन दिँदै ढिलाइ कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारे।
गृहमन्त्री गुरुङले विशेषगरी चिनियाँ ठेकेदार कम्पनीलाई काममा भएको ढिलाइबारे ध्यानाकर्षण गराउँदै तत्काल सुधार गर्न आग्रह गरे। उनले सडक निर्माणमा भएको ढिलाइका कारण यात्रुहरूले सास्ती भोग्नुपरेको, दैनिक आवागमन प्रभावित भएको तथा दुर्घटनाको जोखिम बढेको उल्लेख गर्दै छिटो समाधान निकाल्न निर्देशन दिए।
निर्माण कम्पनीका प्रतिनिधिहरूले भने अबको १५ दिनभित्र निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले कामलाई तीव्रता दिई तोकिएको समयसीमाभित्रै परियोजना सम्पन्न गर्ने बताएका छन्।