कमेडी दरबार सिजन–३ को शीर्ष प्रायोजक डाबर रेड टुथपेस्ट

मंगलबार, १ बैशाख, २०८३
डिजिटल संस्करण

डाबर रेड टुथपेस्ट नेपाल कमेडी दरबार सिजन–३ को शीर्ष प्रायोजक बनेको छ । साथै, डाबर नेपालको नयाँ पेय ब्रान्ड हजमोला जिराले पनि सिजन–३ लाई सपोर्ट गर्ने औपचारिक घोषणा गरेको छ । यो सिजन–४ वैशाखदेखि सञ्चालन हुनेछ । विस्तारित मनोरञ्जनात्मक ढाँचासहित फर्किएको कमेडी दरबार–३ ले अझ उत्कृष्ट हास्य, नयाँ प्रस्तुति तथा परिवारका सबै सदस्यले रमाइलो गर्न मिल्ने मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा चर्चित हास्यकलाकार मनोज गजुरेल महाराजाको भूमिकामा देखिनेछन् । वरिष्ठ अभिनेत्री गौरी मल्ल महारानीको भूमिकामा रहनेछिन् । साथै, अभिनेत्री दिया मास्केलाई रानीका रूपमा प्रस्तुत गरिएको छ, जसले शाही कमेडी दरबारको अवधारणामा नयाँ आयाम थप्ने बताइएको छ ।

यस साझेदारीमार्फत टुथपेस्ट ब्रान्ड डाबर रेड टुथपेस्टले परिवारमुखी दर्शकसँग अझ गहिरो सम्बन्ध स्थापित गर्ने लक्ष्य राखेको छ । यो साझेदारीले प्रिमियम तथा सांस्कृतिक रूपमा सान्दर्भिक सामग्रीमार्फत उपभोक्तासँग जोडिने डाबर नेपालको प्रतिबद्धतालाई झल्काउने बताइएको छ ।
 

See More On

सुझावित समाचार