एनएमबि सरल बचत फन्ड–ईको आकार १० अर्ब स्वीकृत

मंगलबार, १ बैशाख, २०८३
डिजिटल संस्करण

एनएमबि बैंक कोषप्रवर्द्धक र एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको ‘एनएमबि सरल बचत फन्ड–ईको आकार १० अर्ब रुपैयाँ स्वीकृत भएको छ । एनएमबि म्युचुअल फन्डअन्तर्गतको यो योजनाको आकार १० अर्ब पुर्याउन नेपाल धितोपत्र बोर्डले ८ चैतमा अनुमति दिएको हो ।

साथै, केयर रेटिङ संस्था इक्रा नेपालले एनएमबि क्यापिटलको फन्ड म्यानेजमेन्ट क्वालिटी रेटिङलाई इक्रा एमसी २ प्लसमा स्तर वृद्धि गरेको छ । यो मूल्यांकनले कोष व्यवस्थापनको गुणस्तरमा उच्च विश्वसनीयता रहेको स्थितिलाई जनाउँछ । यससँगै एनएमबि क्यापिटल यस क्षेत्रमा सबैभन्दा उच्च रेटिङ प्राप्त गर्ने कम्पनी बनेको बताइएको छ । 

एनएमबि म्युचुअल फन्डअन्तर्गत हाल तीन बन्दमुखी र एक खुलामुखी योजना सञ्चालनमा छन् । एनएमबि–५० को ३० फागुनको खुद सम्पत्ति १.३६ अर्ब कायम छ । त्यस्तै, एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड–२ को खुद सम्पत्ति १.४९ अर्ब र एनएमबि हाइब्रिड फन्ड एल–२ को खुद सम्पत्ति १.४७ अर्ब कायम रहेको क्यापिटलले जनाएको छ । 

See More On

सुझावित समाचार