दुई दिन सरकारी बिदा हुँदा पम्पमा इन्धन अभाव

मंगलबार, १ बैशाख, २०८३
डिजिटल संस्करण

शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा कार्यान्वयनमा आएसँगै काठमाडौंमा पेट्रोलियम पदार्थको आपूर्तिमा चुनौती थपिएको छ । निगमको देशभरका डिपोले शुक्रबार अन्य दिनको भन्दा धेरै तेल वितरण गरेर शनिबार र आइतबार सेवा बन्द गरेका थिए । 

शुक्रबार आयल निगमको डिपोबाट उठाएको तेल शनिबार र आइतबारसम्म पेट्रोलपम्पले बिक्री गरिसेकको हुँदा सोमबार बिहानदेखि काठमाडौंका अधिकांश पम्प बन्द भएका थिए । सोमबार दिउँसो निगमबाट तेल ल्याएपछि मात्रै पम्पहरू खुलेका थिए । निगमका प्रवक्ता मनोज ठाकुरले शुक्रबार बिक्री गरेको पेट्रोल र डिजेल सोमबारसम्म पम्म नहुँदा केही असहजता भएको हुन सक्ने बताए । ‘शुक्रबारको तेलले सोमबार बिहानसम्म पुर्याउन नसक्दा केही पम्पलाई असहज भएको हुन सक्छ,’ उनले भने । 

निगमको डिपोहरू सोमबार बिहान खोलेर पम्पहरूको मागअनुसार इन्धन लोड भएको थियो । तर, पम्पसम्म पुग्दा दिउँसो भएकाले त्यसपछि मात्रै सबै पम्प खुलेर इन्धन वितरण सहज भएको ठाकुरले जानकारी दिए । आयल निगमको थानकोट डिपोले शुक्रबार आठ लाख ९७ हजार लिटर पेट्रोल र सात लाख ४२ हजार लिटर डिजेल बिक्री गरेको जनाएको छ । त्यस्तै, सोमबार १४ लाख ५६ हजार लिटर पेट्रोल र १३ लाख आठ हजार किलोलिटर डिजेल वितरण भएको छ ।

See More On

सुझावित समाचार