नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर राजधानीको प्रमुख पर्यटकीय केन्द्र ठमेलमा ‘ठमेल सडक महोत्सव’ आयोजना हुने भएको छ।
ठमेल पर्यटन विकास परिषद्को आयोजनामा हुने उक्त महोत्सवको मुख्य उद्देश्य नेपाली नयाँ वर्षलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नु रहेको जनाइएको छ। काठमाडौं महानगरपालिका– २६ अन्तर्गत त्रिदेवीमार्ग क्षेत्रमा आज दिउँसोदेखि कार्यक्रम सञ्चालन हुने परिषद्ले जनाएको छ।
परिषद्का उपाध्यक्ष सहदेव धमला (विमल)का अनुसार नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेल क्षेत्रभित्र विभिन्न स्टलहरू राखिनेछन्, जहाँ नेपाली खानाका परिकार तथा अन्य सामग्रीको प्रदर्शनी र बिक्री गरिनेछ। साथै, मौलिक सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गरिनेछन्।