पोखरामा पहिलोपटक आयोजना गरिएको रात्रिकालीन सडक दौडको उपाधि दार्चुलाका मुकेश थापाले हात पार्दा महिलातर्फ पुष्पा शर्मा लिम्बु र विदेशीतर्फ फ्रान्सका स्याम्यूल प्रथम भएका छन्।
पोखरामा पर्यटन प्रवद्धर्न गर्ने उद्देश्यसहित पोखरा प्रवद्र्धन केन्द्र र पोखरा क्लिकको आयोजना, पोखरा महानगरपालिका र पोखरा भ्रमण वर्ष २०२५÷०२६ प्रवद्र्धक, प्रदेश खेलकुद परिषद् गण्डकीको सहकार्य र पोखरा ९ वडा कार्यालयको समन्वयमा सम्पन्न दौडमा नेपालसहित, नर्वे, फ्रान्स, थाइल्याण्ड र इङल्याण्डका गरी १४५ धावकहरु सहभागी थिए।
निर्धारित पाँच किलोमिटरको दुरी १७ मिनेट ३१ः६७ सेकेन्डमा पूरा गर्दै मुकेशले खुल्लातर्फको उपाधि हात पारेका हुन्। १७ मिनेट ५४ः२५ सेकेन्डमा दुरी पार गरेका सुवास गुरुङ दोस्रो हुँदा तेस्रो भएका अकलबहादुर पालले १८ मिनेट ०२ः०३ सेकेन्डमा दुरी पार गरे।
महिलातर्फ पुष्पाले २३ मिनेट ०३ः५४ सेकेन्डमा दुरी पूरा गर्दा, विदेशीतर्फ स्याम्यूलले २२ मिनेट ०८ः०७ सेकेन्डमा र यू–१६ तर्फ २४ मिनेट ३९ः६० सेकेन्डमा दूरी पार गदै राम ढुंगाना प्रथम भएका रेस डाइरेक्टर ओम गुरुङले जानकारी दिए।
फेवाताल किनार बाराहीघाटबाट सुरु भएको दौड लेकसाइडको सेन्टर प्वाइन्ट, हल्लनचोक, जिरो किमी, सृजनाचोक, सभागृहचोक, न्युरोड, चिप्लेढुंगा हुँदै महेन्द्रपुलस्थित अन्तर्राष्ट्रिय झण्डापार्क (फल्चा)मा पुगेर सम्पन्न भएको थियो।
विजेतामध्ये खुल्लातर्फका प्रथमले १५ हजार, दोस्रोले १० र तेस्रोले पाँच हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्दा महिला, विदेशी र यू–१६ तर्फ प्रथम हुनेले जनही ७÷७ हजार नगद पुरस्कार पाए। प्रतियोगितामा उत्कृष्ट २० भित्र पर्ने धावकहरुले फिस्टेल ड्रिम पार्कको कुपन र विदेशीले बन्जी कुपन पाएका प्रतियोगिता संयोजक दीननाथ बरालले जानकारी दिए।