व्यवसायी दुर्गा प्रसाईंविरुद्ध सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको छ। निर्वाचन भाँड्ने गतिविधि गरेको भन्दै शुक्रबार सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दा दायर भएको हो।
प्रसाईंलाई गत ११ फागुनमा प्रहरीले पक्राउ गरी पछि हाजिरी जमानीमा छाडेको थियो। सोही कसुरमा शुक्रबार जिल्ला प्रशासन कार्यालयमा सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको हो ।
३ फागुनमा विज्ञप्ति निकाली प्रसाईंले चुनाव बहिष्कार गर्न आह्वान गरेका थिए। करिब दुई साता थुनामा राखेपछि उनलाई हाजिरी जमानीमा छाडिएको थियो।
प्रसाईंविरुद्ध यसअघि साइबर अपराध, आपराधिक लाभलगायत मुद्दा दायर भइसकेका छन्।