राष्ट्रपति रामचन्द्र पौडेलले संघीयताप्रति युवा पुस्ताको आकर्षण बढेको प्रतिनिधिसभामा युवाको प्रतिनिधित्वबाट पुष्टि भएको बताएका छन्। शुक्रबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपतिले यस्तो बताएका हुन्।
उनले भने, ‘निर्वाचनमार्फत नेपालको संसदीय इतिहासमै अभूतपूर्व रूपमा युवा वर्गको प्रतिनिधित्वसहितको प्रतिनिधिसभा गठन भई नयाँ सरकारले कार्य प्रारम्भ गरिसकेको छ। यसले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा युवा पुस्ताको आकर्षण, विश्वास, सहभागिता र नेतृत्व विकास भएको स्पष्ट सन्देश दिएको छ।’