कञ्चनपुरको कृष्णपुर नगरपालिकामा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। कृष्णपुर-१, कुमगडास्थित भित्री कच्ची सडकमा बिहीबार साँझ भएको दुर्घटनामा ६ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार कृष्णपुर नगरपालिका–१ का अन्दाजी ६० वर्षीय नन्दराम पार्की र ६२ वर्षीया कलावतीदेवी बोहराको घटनास्थलमै मृत्यु भएको हो। घाइतेलाई उपचारका लागि धनगढी लगिएको छ।
से १ ज २९० नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब-करिब ५०–६० मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।