पूर्वसभामुख महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बिहिबार, २६ चैत, २०८२
डिजिटल संस्करण
पूर्वसभामुख महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर

फाइल तस्बिर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

विद्युतीय चुरोट भेपमा लुकाएर सुन तस्करी गरेको प्रकरणमा अख्तियारले बिहीबार महराविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। उनीविरुद्ध सात करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ बिगो मागदाबी गरिएको छ।

महरा र उनका छोरा राहुल भन्ने रेशम महराले भन्सारका कर्मचारीलाई प्रभावमा पारी सुन तस्करी गर्ने गिरोहलाई सघाएको अख्तियारको दाबी छ।

‘...प्रतिवादीहरूसँगको मिलेमतो तथा योजनामा अस्वाभाविक चलखेल गरी भन्सार विभागका प्रमुख भन्सार प्रशासक अरुण पोखरेललगायत अन्य राष्ट्रसेवक प्रतिवादीहरूलाई प्रभावमा पारी आफूसमेतलाई लाभ प्राप्त गर्ने गरी उक्त इलेक्ट्रिक सिगरेट (भेप)जस्तो देखिने वस्तुमा लुकाइछिपाई ल्याइएको पहेँलो धातु सुनसमेतका सामग्रीहरू गैरकानुनी तवरबाट भन्सार कार्यालयबाट लिई जाने बदनियतले पटकपटक भेटघाट तथा फोन सम्पर्क गरे–गराएको तथ्य पुष्टि भएको’ आरोपपत्रमा उल्लेख छ। 

यो प्रकरणमा अख्तियारले २८ व्यक्ति र एक कम्पनीलाई प्रतिवादी कायम गरेको छ।

सुझावित समाचार