सुनको मूल्य चार हजार तीन सय रुपैयाँले घट्यो

बिहिबार, २६ चैत, २०८२
डिजिटल संस्करण

स्थानीय बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा चार हजार तीन सय रुपैयाँले घटेर दुई लाख ९४ हजार सात सय रुपैयाँमा झरेको हो।

अघिल्लो दिन भने सुनको मूल्य सात हजार दुई सय रुपैयाँले बढ्दै दुई लाख ९९ हजार रुपैयाँ पुगेको थियो।

यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ। चाँदी तोलामा १५० रुपैयाँले घटेर चार हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि चाँदीको मूल्य पाँच हजार २५ रुपैयाँ थियो।

सुझावित समाचार