घाम ऊर्जाको आइपिओ बिक्री प्रबन्धकमा एनएमबि

बिहिबार, २६ चैत, २०८२
डिजिटल संस्करण

घाम ऊर्जा सेवा लिमिटेडले प्राथमिक सेयर निष्कासन (आइपिओ)का लागि एनएमबि क्यापिटल लिमिटेडलाई निष्कासक तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । नियुक्तिसम्बन्धी सम्झौतमा घाम ऊर्जाका अध्यक्ष अन्जल निरौला र एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दीपेशकुमार वैद्यले हस्ताक्षर गरेका छन् । 

यो साझेदारीले घाम ऊर्जाको नेपालभर नवीकरणीय ऊर्जा विस्तार गर्ने लक्ष्य प्राप्त गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ । दुवै पक्षले यस साझेदारीप्रति उत्साह व्यक्त गर्दै आइपिओलाई सफल बनाउन र सरोकारवालाका लागि उत्कृष्ट प्रतिफल सुनिश्चित गर्न आफ्नो प्रतिबद्धता जाहेर गरेका छन् ।

घाम ऊर्जा सेवाले व्यावसायिक तथा औद्योगिक ग्राहकलाई रुफटप सौर्य ऊर्जा प्रविधि उपलब्ध गराउँदै आएको छ । १५ देखि २० वर्षको विद्युत् खरिद सम्झौता मोडेलमा सञ्चालित यस कम्पनीले व्यवसायहरूलाई कुनै पनि प्रारम्भिक लागतविना ऊर्जामा आत्मनिर्भर बन्ने अवसर प्रदान गर्छ । 

See More On

सुझावित समाचार