सरकारले ४० माइक्रोनभन्दा कम मोटाइको प्लास्टिक झोलाको उत्पादन, आयात, भण्डारण र बिक्री–वितरण र प्रयोगमा रोक लगाउने गरी प्लास्टिक झोला (नियमन तथा नियन्त्रण) निर्देशिका, ०८२ जारी गरेको छ ।
नयाँ मापदण्डमा ७ बाई १४ इन्च वा सोभन्दा ठुलो साइजको मात्र प्लास्टिक झोला उत्पादन गर्नुपर्ने व्यवस्थासमेत राखिएको छ । त्यसैगरी, १४ बाई २८ इन्च वा सोभन्दा ठुलो साइजको गार्बेज झोलाको मात्र उत्पादन र प्रयोग गर्न पनि पाइने गरी मापदण्ड तयार भएको छ । गार्बेज झोला फोहोर संकलनका लागि मात्र प्रयोग गर्न पाइने भएको छ ।