कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र नेपालका लागि स्विट्जरल्यान्डका राजदूत डा. ड्यानियल म्युलीबिच शिष्टाचार भेटवार्ता भएको छ।
सिंहदरबारस्थित मन्त्रालयमा भएको उक्त भेटमा राजदूत म्युलीले नवनियुक्त मन्त्री गौतमलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
मन्त्रालय स्रोतका अनुसार भेटका क्रममा दुई देशबिचको पुरानो कूटनीतिक सम्बन्ध, विकास सहकार्यका क्षेत्र, नेपालमा जारी शान्ति प्रक्रिया तथा न्यायमा सर्वसाधारणको पहुँच विस्तार गर्ने विषयमा आपसी धारणा आदान–प्रदान भएको थियो।