राष्ट्रिय सभाअन्तर्गत चार विषयगत समितिका सभापतिले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। संघीय संसद् सचिवालयमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले उनीहरूलाई शपथ गराएका हुन्।
शपथ लिनेहरूमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिकी सभापति पूजा चौधरी, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिकी सभापति जयन्तीदेवी राई, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेल तथा विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकाया रहेका छन्।