ओमोडा जेइको र आइकार मोडेलमा ११ वर्षको वारेन्टी

बुधबार, २५ चैत, २०८२
डिजिटल संस्करण

ओमोडा जेइको र आइकारको आधिकारिक विक्रेता एसपिजी अटोमोबाइल्स प्रालिले आफ्ना इभी मोडेलमा ११ वर्षे वारेन्टी घोषणा गरेको छ । ब्याट्री र मोटर कम्पोनेन्टमा उपलब्ध यो वारेन्टी नेपालकै सबैभन्दा लामो इभी वारेन्टी रहेको बताइएको छ । 

कम्पनीले ओमोडा जेइको र आइकारका सवारीसाधनमा ब्याट्री र मोटर दुवैमा आठ वर्ष वा डेढ लाख किमिको स्ट्यान्डर्ड म्यानिफ्याक्चर वारेन्टी दिँदै आएको थियो । नयाँ विस्तारित वारेन्टी कार्यक्रमअन्तर्गत ब्याट्रीमा ११ वर्ष वा दुई लाख ४० हजार किमि वारेन्टी उपलब्ध हुनेछ । त्यस्तै, ड्राइभ मोटर एसेम्ब्लीको हकमा ११ वर्ष वा दुई लाख किमि पुर्याइएको कम्पनीले जनाएको छ ।

यो वारेन्टी ओमोडा ई–५, जेइको जे–५ र जे–६टी तथा आइकार भी–२३ मोडेलमा उपलब्ध छ । यसले ग्राहकको आत्मविश्वास बढाउने र इभी स्वामित्वलाई थप ढुक्क बनाउने विश्वास लिइएको छ ।

विस्तारित वारेन्टीअन्तर्गत ग्राहकले ट्र्याक्सन ब्याट्री प्याक र ड्राइभ मोटर एसेम्ब्लीमा हुने प्राविधिक त्रुटिमा पूर्ण कभरेज प्राप्त गर्न सक्नेछन् । ‘यो विस्तारित वारेन्टीले हाम्रा सवारीसाधनको उन्नत इभी प्रविधिप्रति अटल विश्वास र ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता झल्काउँछ,’ एसपिजी अटोमोबाइल्सका निर्देशक गौरव सारडाले भने । कम्पनीले देशभर १८ भन्दा बढी सेल्स आउटलेट र १५ वटा सर्भिस सेन्टरबाट सेवा प्रदान गर्दै आएको छ । 

See More On

सुझावित समाचार