केएल दुगड ग्रुपअन्तर्गतको ज्ञान मसलाको ब्रान्ड एम्बासडरमा अभिनेत्री स्वस्तिमा खड्का नियुक्त भएकी छिन् । यो सहकार्यमार्फत कम्पनीले आफ्नो पहिचानलाई थप ऊर्जावान् बनाउने र नयाँ पुस्ताका उपभोक्तासँग बलियो सम्बन्ध स्थापित गर्ने लक्ष्य राखेको बताइएको छ ।
कम्पनीका अनुसार ‘ज्ञान’ ब्रान्डले नेपाली भान्सामा शुद्धता र स्वादको नयाँ मानक स्थापित गरेको छ । यो तीन दशकभन्दा बढी समयदेखि नेपाली बजारमा प्रयोगमा छ । ‘स्वस्तिमा खड्कालाई ‘ज्ञान’ परिवारमा स्वागत गर्न पाउँदा हामी खुसी छौँ,’ दुगड ग्रुपकी कार्यकारी निर्देशक भाविका दुगडले भनिन् ।’
ज्ञान मसलासँग जोडिन पाउँदा नायिका स्वस्तिमा खड्काले खुसी व्यक्त गरेकी छिन् । कम्पनीले उपभोक्ताको बदलिँदो स्वाद र आवश्यकतालाई ध्यानमा राख्दै विभिन्न प्रकारका मसला बजारमा ल्याएको छ । हाल यो ब्रान्डका १४ वटा ज्ञान मसला बजारमा उपलब्ध छन् ।