चितुवाको आक्रमणबाट बर्दियामा दुईजना घाइते

मंगलबार, २४ चैत, २०८२
डिजिटल संस्करण

बर्दियामा चितुवाको आक्रमणबाट दुईजना घाइते भएका छन्। चितुवाको आक्रमणबाट राजापुर नगरपालिका– ९, ईश्वरीगन्जका ५५ वर्षीय शिवराज सिजवाल र सोही ठाउँका ३२ वर्षीय जेबीराम बस्नेत घाइते भएका हुन्।

ईश्वरीगन्जका दुर्गाप्रसाद थारूको मकैबारीमा देखिएको चितुवा स्थानीय जम्मा भएर लखेट्न जाँदा चितुवाको आक्रमणबाट सिजवाल र बस्नेत घाइते भएका हुन्। घाइते सिजवालको निधारमा र बस्नेतको घाँटी पछाडि चोट लागेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले बताए।

घाइतेहरूको सामान्य उपचार गरेर थप उपचारको लागि भेरी अस्पताल नेपालगन्ज पठाइएको बर्दिया अस्पताल गुलरियाले जनाएको छ।

सुझावित समाचार