परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

सोमबार, २३ चैत, २०८२
डिजिटल संस्करण

भारतीय राजदूत नवीन श्रीवास्तवले आइतबार परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन्। खनाल परराष्ट्रमन्त्री बनेपछि राजदूत श्रीवास्तवको यो पहिलो भेट हो।

परराष्ट्र मन्त्रालयमा भएको भेटमा राजदूत श्रीवास्तवले भारतका विदेशमन्त्री एस. जयशंकरको तर्फबाट मन्त्री खनाललाई परराष्ट्रमन्त्री नियुक्त भएकोमा शुभकामना दिएका थिए।

परराष्ट्र मन्त्रालयका अनुसार उक्त अवसरमा नेपाल–भारत सम्बन्ध तथा सहकार्यसँग सम्बन्धित विभिन्न विषयमा छलफल भएको छ।

सुझावित समाचार