अकुत सम्पत्ति लुकाउन लेखा अधिकृतले ऋण लिएको नक्कली कागजात बनाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा देखिएको छ। गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका तत्कालीन लेखा अधिकृत (आठौं तह) झलक शर्मा पौडेलले अकुत सम्पत्तिलाई वैध बनाउने प्रयास गरेको भन्दै उनीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको हो।
नक्कली कागजपत्रसमेत खडा गरी उनले दुई करोड ५८ लाख ६७ हजार ३२४ रुपैयाँ शुद्धीकरणको प्रयास गरिएको दाबी गरी आयोगले मुद्दा दायर गरेको छ।
श्रीमती हुमाकुमारी उपाध्यायसहित जमुनाकुमारी रोका क्षेत्री, हरिप्रसाद पौडेल र शान्ति दराई पौडेललाई समेत आयोगको प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ। उनीहरूसँग कारोबार नै नभएपनि ऋण दिएको भनेर कागज बनाई स्रोत नखुलेको सम्पत्तिलाई पुष्टि गर्ने प्रयास भएको थियो।
अधिकृत पौडेलको ६ करोड २६ लाख ९३ लाख बिगो कायम गरी गत असारमा आयोगले मुद्दा दायर गरिसकेको छ।